२०७७ चैत्र ३१ , मंगलबार

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि

Capture

सुनाखरी न्युज/ काठमाडौँ – सिप्रदी ट्रेडिङ्ग प्रा लि ले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

 

टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहज रुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधाप्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशप लाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । २०७७ चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्र्तगतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ्ग प्रा लिग्राहक सेवाका महाप्रवन्धक सम्देनलामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्धाटन गरेका थिए ।

 

उक्त अवसरमा विगतलामो समय देखी टाटाका गाडीहरु संचालन गर्दै आउनु भएका ग्राहक चिरन पराजुली लाई सम्मान गर्नु का साथै टाटा BSIV गाडी सम्बन्धि चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो । ३० जनाभन्दा बढि ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए । ग्राहकहरुले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतकाकार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्नेछन् ।