२०७७ चैत्र ३१ , मंगलबार

हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौँ – हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँ वर्ष योजना“ यो नयाँवर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

 

यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहक महानुभावहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत रु.२०,००० देखि ७८,००० सम्मको अतिरिक्त छुट,रु.१५,००० बराबरको लोयल्टी बोनस, रु. १,००,००० सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्नु सक्र्रिन्छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

 

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटो मोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।