२०७७ चैत्र ३१ , मंगलबार

कृषकहरू चैते रोपाइँमा व्यस्त

166709737_763394604293870_3443230017977010449_n

सुनाखरी न्युज/ नुवाकोट – नुवाकोटका विभिन्न ठाउँहरू का कृषकहरू चैते रोपाइँ व्यस्त रहेका छन् । मंसिरमा धान काटेपछि गहुँ मकै रोप्ने गरेका कृषकहरू चैत लागेसँगै खेत खन्न र रोपाइँ गर्न व्यस्त रहने गरेका छन ।

 

किसानहरू मलको अभाव र पानी नपरेका कारणले पनि यसपालिको रोपाइँ गरिएको बताउछन् । सधैं बालिनालपमा मल आवश्यक परेको बेलामा मल नपाइएको किसानहरूको गुनासो रहेको छ। नेपाल सरकारले समयमा नै किसानहरूलाई पटकपटक मलको अभाव पूर्ति गर्ने बताए पनि आवश्यकता पूर्ति गर्न नसकेको किसानहरूको आरोप रहेको छ ।

 

कृषि मन्त्रालयले कृषकको आवश्यकतालाई मध्यनजर गर्दै समयमा नै मल उपलब्ध गराइदिने बताएका पनि कृषकहरू समयमा नै मल नपाएको बताइरहेका छन् । कृषकहरूले चैतमा रोपेको धान साउनमा काटेर पुनः रोपाइँ गर्ने गरेका छन् ।