सुनाखरी न्युज/ काठमाडौँ — काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आउन केही दिन लाग्न सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
काठमाडौंसहित देशभरको वायुमण्डलमा शुक्रबार मध्याह्नपछि वायुको गुणस्तर सूचकांक ९एक्यूआई० अत्यधिक बढेको थियो । क्षणभरमै तुवाँलोले भरिएपछि भिजिबिलिटी स्वाट्टै घटेको थियो । त्यस्तै मौसममा खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवा रोकियो । घरबाहिर निस्किएका सर्वसाधारणले आँखा पोलेको महसुस गरे।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले वायुको गुणस्तर सूचकांक ९एक्यूआई० ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड हुन पुग्यो । आईक्यू एयरका अनुसार शनिबार बिहान साढे १० बजे काठमाडौंको एक्यूआई ४१० रहेको छ ।