२०७७ चैत्र ३१ , मंगलबार

नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा

KP-Sharma-Oli

सुनाखरी न्युज/ काठमाडौं – नेपाल नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभयो ।

 

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। प्रेमनारायण कँडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको हो ।

 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिर्भरता घोषणा गर्ने बताउनुभयो । आगामी पाँच वर्षमा धेरै कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुने उहाँहरुको भनाइ छ ।