२०७७ माघ १२ , सोमवार

नुवाकोटको शिवपुरी ७ र ८ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं – नुवाकोटको शिवपुरी ७ र ८ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शक्ति समुह ले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा दुवै वडाको जनप्रतिनिधि सहित विद्यालयका प्रधानाध्यापक तथा शिक्षक स्वास्थ्य चौकीका प्रमुख बाल क्लवका प्रतिनिधि महिना स्वास्थ्य स्वयंम सेवीका लगाएतको सहभागीता रहेको शक्ति समुहका प्रशिक्षक अधिवक्ता दिलिप कोइरालाले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा शिवपुरी सातका वडा अध्यक्ष माधव भेटुवाल तथा आठका वडा अध्यक्ष पदम ब थपलिया ले आफु ले गर्ने कामको कार्ययोजना सहित प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । शक्ति समुह ले नुवाकोटको शिवपुरी, तादी तथा विदुर नगरपालिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कार्यक्रम गर्दै आएको छ