२०७७ माघ १२ , सोमवार

क्रिकेटर पारस खड्काद्वारा महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्र का विजेताको नाम घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो । यस योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पु¥याएका छन् ।

 

यस योजना अन्तर्गत जीवन बिमा (रु ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो । नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर श्री पारस खड्काले योजनाको एक अंशका रूपमा आज (२८ पुस २०७७) आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा गर्नुभयो ।

भाग्यशाली ड्र विजेताहरू
१ योग राज राई, शहिदभूमि, धनकुटा.बाट
२.निरन्जना चौधरी, नेपालगंज बाट
३. राम बहादुर कामी, नेपालगंज बाट

दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना ३० भाद्र २०७७ (१५ सेप्टेम्बर) देखि १५ मंसिर २०७७ सम्म (३० नोभेम्बर २०२०) सम्म मान्य थियो ।