२०७७ माघ १५ , बिहिवार

गुराँस लघुवित्तको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थालि. को पाँचौ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा धनकुटा स्थित न्यू अन्जुली होटलमा सम्पन्न भयो ।

 

उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने निर्णय गर्नुको साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित ग¥यो ।

उक्त सभामा सहभागी शेयर धनी महानुभावहरुले कोरोना भाईरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी ब्यक्त गर्दै आगामीदिनहरुमा ग्राहकहरुको संरक्षण तथा विकास गर्दै संस्थाको ब्यवसाय बृद्धि गर्न सुझावदिनु भयो । साधारण सभामा सहभागी शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावहरुहरुको लागि धन्यबा ददिदै सभा अध्यक्ष बाट सभा विसर्जन भयो ।