२०७७ माघ १२ , सोमवार

युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’गीत बजारमा (भिडियो सहित)

Sanjaya

सुनाखरी न्युज/काठमाडौं – नुवाकोटका अहिलेका चर्चित युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक भएको छ । कलाकार पाण्डेको स्वर तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको छ भने गितको भिडियोमा कलाकारहरु सन्तोष पाण्डे, दिवाकर थपलिया र सज्जा तिवारीले अभिनय गरेका छन ।

 

भर्खरै सार्वजानिक भएको गीतको भिडियोमा माया प्रेममा आउने उतावचढाब लाई चित्रण गर्न खोजिएको निर्देशक दिबाकर थपलियाले जनाएका छन । द्रब्य मोह गित दर्शक स्रोताहरूको माया र आशीर्वादले सफल हुने विश्वास गायक पाण्डेले लिएका छन ।

भिडियो