२०७७ माघ १२ , सोमवार

सुनको भाउ आज पनि बढ्यो

Gold

सुनाखरी न्युज/ काठमाडौं – सुनको भाउ आज बुधबार पनि थोरै उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

 

यो सँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। गत आइतबार भने तोलामै २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पनि तोलामा ८०० रुपैयाँ घटेको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले उकालो लागेर १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार तोलामै ५० रुपैयाँ घटेको चाँदीको भाउ सोमबार पनि ४० रुपैयाँले ओरालो लागेको थियो।