२०७७ माघ १२ , सोमवार

जी न्यूज च्यानलले चलायो सगरमाथा दाबी गर्दै नाम नै फेर्ने अभियान

1

सुनाखरी न्युज/ काठमाडौं – भारतीय जी न्यूज च्यानलले पुन निकृष्टताको हद पार गर्दै सगरमाथा भारतको भन्दै रिर्पोट प्रशारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो ।

 

जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् । चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ । गत शुक्रबार तीनै व्यक्तिलाई प्रधानमन्त्री ओलीले देशका आन्तरिक र बाह्य विषयलाई लिएर अन्र्तरवार्ता दिएका थिए । आज तीनै व्यक्तिले हाम्रो नेपालको सम्पतिलाई भारतको हो भनेर दाबी गरेका छन् ।

 

यसअघि पनि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले बनाएको रिर्पोट भिडियो निम्न अनुसार रहेको छ ।