२०७७ माघ १३ , मंगलबार

महासंघका नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण

2

सुनाखरी न्युज/ काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् । महासंघका पुर्व अध्यक्ष मणिरत्न शाक्यले उनलाई पदभार ग्रहण गराए ।

नवनियुक्त अध्यक्ष शाक्यले पदभार ग्रहणकाक्रममा सुनचाँदी ब्यवसायीको हक अधिकारको सुनिश्चितताकालागि आफ्नो पहल हुने वताए । उनले गरगहनाको खरिदबिक्री तथा ओसार पसार लगायतका क्षेत्रमा उत्पन्न सदस्याको समाधानकालागि आफू सक्रिय हुने बताए ।

 

ब्यवसाय सञ्चालनकाक्रममा देखिने अप्ठ्याराहरुलाई सल्टाउँदै पेशागत सुरक्षाकालागि आफ्नो नेतृत्वको टिम लागिपर्ने प्रतिवद्धता उनले जनाएका छन् । नवनियुक्त अध्यक्ष शाक्य अनुभवी ब्यवसायी मानिन्छन् । उनी यसअघि महासंघको वरिष्ट उपाध्यक्ष थिए । उनीसँग महासंघका विभिन्न पदमा रही काम गरेको लामो अनुभव छ ।