२०७७ माघ १३ , मंगलबार

नेप्से उच्च विन्दुमा, २८.५९ अंकले बढ्यो

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन (मंगलबार) उच्च विन्दुमा पुगेको छ । आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हाल सम्मकै उच्च विन्दु हो ।

 

आज नेप्से २८.५९ अंकको छ भने आज ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।