२०७७ माघ १५ , बिहिवार

आयकरको पहिलो किस्ता पुस मसान्त भित्रै दाखिला गर्न सरकारको निर्देशन (सूचना सहित)

Aanatarik_Rajaswo

सुनाखरी न्युज/ काठमाडौं – सरकारले साना तथा ठूला करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन करदाताहरुलाई आग्रह गरेको छ ।

 

आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरण अनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आग्रह गर्दै आन्तरिक राजस्व विभागले सूचना जारी गरेको हो । कोभिड–१९ का कारण व्यपार, व्यवसाय प्रभावित भएकाले व्यवसायीहरुले कर तिर्ने समय पछाडि सार्दिन सरकारसँग माग गर्दै आएका थिए । केही समय अघि उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर व्यवसायीले तिर्ने कर समय केही पछि सार्दिन आग्रह गरेका थिए ।

 

तर सरकारले भने तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने चेतावनी समेत दिएको छ । सरकारले यो आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड कुल राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म पौने चार खर्ब राजश्व उठाइसकेको छ ।