२०७७ माघ १५ , बिहिवार

आईएमई लाइफको ब्राण्ड एम्बास्डरमा मनिषा कोइराला नियुक्त

1

सुनाखरी न्युज/ काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बास्डरमा देश विदेशमा ख्याति प्राप्त नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका कोइरालाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

सेलिबे्रटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् । उक्त अवसरमा नायिका कोइरालले आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताइन् । त्यसैगरी आईएमई लाइफका सीईओ फुयाँलले कोइरालासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै देशभरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकको विश्वास लिन सहयोग पुग्ने बताए ।