२०७७ माघ १३ , मंगलबार

दि सिन्धुपाल्चोक विजनेश क्लवको तेश्रो अधिवेशन सम्पन्न, पौडेलको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित

Capture

सुनाखरी न्युज/ काठमाडौं – दि सिन्धुपाल्चोक विजनेश क्लवको तेश्रो अधिवेसन क्लवका अध्यक्ष दिनेश पौड्यालको अध्यक्षतामा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएको छ । हाल क्लवमा निम्न कार्यसमिति निर्वाचित भएको छ ।

अध्यक्ष श्री रामकाजि पौडेल
प्रथम उपाध्यक्ष श्री अमृत कुमार खड्का
दित्तिय उपाध्यक्ष श्री मसिना खड्का भण्डारी
महासचिव श्री रत्न प्रसाद पराजुली
कोषाध्यक्ष श्री यादवराज सापकोटा
र सदस्यहरुमा क्रमश राम प्रसाद पराजुली, डोर वहादुर भण्डारी, हरिओम मकाजु, रुपक धिताल, रामचन्द्र पराजुली, राजकुमार तिमल्सिना, वालकृष्ण लामिछाने, नवराज पाण्डे र राजेन्द्र बहादुर रिजाल
साथै क्लवले संस्थापक अध्यक्ष नरेशलाला श्रेष्ठको संयोजकत्वाम निवर्तमान अध्यक्ष दिनेश पौड्याल का साथै समाजसेवीहरु बच्चु पौडेल, शम्भु विक्रम थापा, नयन ब. पण्डित क्षेत्री र अशोक कुमार श्रेष्ठको सल्लाहकार समिति चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष रामकाजि पौडेलले क्लवलाई नयाँ ढाचाले अगाडि बढिने र भविश्यको कार्यक्रमहरुको कार्ययोजना प्रश्तुत गर्नु भयो ।
निवर्तमान अध्यक्ष श्री दिनेश पौड्यालले हालसम्म भएको कार्यको वृस्तित रुपमा निम्न बमोजिम हालसम्म क्लवले गरेका कार्यहरुको व्याख्या गर्नुभयो ।
क्लवको स्थापना २०६९ मा भएको हो । व्यापारिक क्षेत्रमा संलग्न भएका साथिहरु बाट सामाजिक रुपमा केहि सेवा गर्ने उद्देश्य सहित स्थापना भएको थियो । स्थापना कालदेखि सामाजिक क्षेत्रमा क्लवले निम्न बमोजिम कार्यहरु सम्पन्न गरेको छ ।
ड्ड २०७० सालको आश्विनमा सिन्धुपाल्चोकको इचोकमा चेलिवेटि वेखविचन र एचआईभि एड्स सम्बन्धि जनचेतनामुलक कार्यक्रम एफएनसिसिआई विक्यानको सहकार्यमा गरियो ।
–  २०७१ सालको श्रावणमा आएको जुरेको विनाशकारी पहिरो पिडितको लागि आर्थिक सहयोग ।
– २०७२ सालको बैशाखमा आएको विनाशकारी महाभुकम्पको एक हप्ता भित्र सिन्धुपाल्चोकको वाह्रविसेमा स्वास्थ सिविर र राहत वितरण गरियो ।
–  २०७२ सालको जेष्ठमा सिन्धुपाल्चोकको मेलम्चि न.पा. १० शिखरपुरको श्री सितलादेवी मा.वि. को अस्थायि भवन निर्माणको लागि जस्तापाता र विद्यार्थिहरुको लागि शैक्षिक सामाग्रि वितरण गरियो ।
–  भुकम्प पिडितको लागि वाह्रविसे काठमाण्डौ सम्पर्क समाज सँगको सहकार्यमा वाह्रविशेमा अस्थायि आवसको व्यवस्था गरियो ।
–  २०७३ सालको मंसिरमा नेपाल क्यान्सर हस्पिटल सँगको सहकार्यमा सिन्धुपाल्चोकको तौथलीमा वृहत क्यान्सर सिविर गरि ३०० भन्दा बढि व्यक्तिको स्वास्थ परिक्षण गरिएको ।
– २०७४ को पौषमा काठमाण्डौको सडकमा खाना नपाएका व्यक्तिहरुलाई काठमाण्डौको हनुमान ढोकामा मंगलभोज संस्थाको सहकार्यमा ३०० भन्दा बढि व्यक्तिहरुलाई खाना खुवाएको ।

– २०७५ को बैशाखमा सिन्धुपाल्चोकको हेलम्बु गा.पा. को पातिङ्गमा पातिङ्ग निमावि तथा महाकालेश्वर निमाविका २९२ विद्यार्थिहरुलाई ब्याग र शैक्षिक सामाग्रि वितरण गरिएको ।
– २०७५ श्रावणमा सिन्धुपाल्चोकको सानोसिरुवारी स्थित सिद्दिगणेश मावि का १०० विद्यार्थिलाई झोला र शैक्षिक सामाग्रि वितरण र चौताराको वृद्धाश्रममा आर्थिक तथा सामानहरु उपलब्ध गराएको ।

  • २०७५ आश्विनमा सिन्धुपाल्चोक शुनकोशी गापाको टिमुरे स्थित कोल्देङ्ग देवि माविमा ३०० विद्यार्थिहरुलाई झोला तथा स्टेशनरी सहयोग ।
    –  २०७६ श्रावणमा सिन्धुपाल्चोकबाट भुटानमा तेकन्दो खेल्न जाने खेलाडिहरुको लागि कपडा उपलब्ध गराएको सो खेलमा दश भन्दा बढि खेलाडिले स्वर्ण पदक जितेको ।
    – २०७७ पौषमा लायन्स क्लव अफ काठमाण्डौ देउराली बुद्धल्याण्ड सँगको सहकार्यमा सिन्धुपाल्चोक वाह्रविशेको विकट गाँउ घुडेको सितारामा आधारभूत विद्यालयका ३२ जना विद्यार्थिहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्रि सहयोग गरेको ।

सो कार्यक्रममा क्लवका सल्लाहकार तथा हिमालया सिमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल तथा सल्लाहकार नयन ब. पण्डित क्षेत्री लगायतले शुभकामना तथा क्लवलाई अगाडि बढ्न मार्ग निर्देश गर्नुभएको थियो ।