२०७७ माघ १२ , सोमवार

गुगलमा गठन भयो कर्मचारी युनियन

ggg

सुनाखरी न्युज/ काठमाडौं-
गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् ।
मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारीरकामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ ।

प्रविधि उद्योगको यो दुर्लभ कदमलाई कम्पनीको कार्यकारी नेतृत्वमाथि अहिलेसम्मकै ठूलो तथा संगठित चुनौतीको रुपमा लिईएको छ ।

कर्मचारी युनियनले जारी गरेको वक्तव्यमा गुगलका सफ्टवेयर इन्जिनियर डाइलन बेकरले यो ऐतिहासिक कदम रहेको बताएका छन् ।

सुरुवाती चरणमा गुगलको कर्मचारी युनियमा आबद्ध २२६ जना सदस्यले अमेरिकाको सबैभन्दा ठूलो श्रमिक युनियन कम्युनिकेसन्स वर्कर्स अफ अमेरिकासँगबाट युनियनको कार्ड प्राप्त गरेका छन् ।

हाल गुगलको कर्मचारी युनियनमा कन्ट्रयाक्टरले समेत सदस्यता ग्रहण गर्नसक्ने भएको हुँदा कानुनतः त्यसलाई सामूहिक सौदावादीको आधिकारिक अधिकार नहुने बताइएको छ ।

 

सिएनएनबाट