२०७७ माघ १५ , बिहिवार

महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

Capture

सुनाखरी न्युजर/काठमाडौँ – नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म (January 10th-15th, 2021) देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।

 

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० point भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ । प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने छ । साथै, यस केयर फेस्टमां ग्राहकहरुको उल्लासपूर्ण सहभागिता रहने अपेक्षा पनि गरिएको छ ।