२०७७ माघ १५ , बिहिवार

टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना, टाटा गाडी खरिदमा आकर्षक उपहारहरु

Capture

सुनाखरी न्युज/ काठमाडौँ – नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङप्रा.लि. लेन याँवर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमको आयोजना गर्न लागेको छ ।

 

उक्त कार्यक्रम यहि पुष २४ देखि २६ गते सम्म (८, ९ र १० जनवरी, २०२१) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो। ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममागएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज,एचफाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नु हुनेछ ।

 

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर र बिबिध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन । यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ ।