२०७८ बैशाख ३१ , शुक्रवार

अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउँदै

सुनाखरी न्युज/ काठमाडौं – नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेन्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले लगभगएक करोड रुपैँया बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको शिलान्यास भएको हो ।

 

निर्माणपश्चात् उक्तभवनमासियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालनगर्नेछ । कम्पनीले आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापनागर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । “यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारी सँगै यहाँका स्थानीयको समस्या तथा दुःख मा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ,”अग्रवालले बताए, “तसर्थ, यस क्षेत्रमास्वास्थ्य सेवाको अभाव खड्किएकाले सोलाई परिपूर्ती गर्नका लागि स्वास्थ्य केन्द्र स्थापनागर्न लागेका हौं ।”अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धीत गाउँपालिका लाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याथारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणानमुनाभएको जानकारी दिए। उनले भने “यस स्वास्थ्यकेन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने छौं ।”

 

सियारी गाउँपालिकामासिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमापनि यस गाउँपालिकातथाआसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्नतथा बाटोघाटो विविधकिसिमकापूर्वाधारको विकासमा सघाउ पु¥याउँदै आइरहेको छ । यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँयातथासियारी गाउँपालिकाकालागिदुई लाख रुपैँया बराबरको नगद सहयोग प्रदानगर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थितदुई गाउँपालीका – तिनाउँगाउँपालीका र मचागढी गाउँपालीका – का बिपन्न बर्गका घरपरिवारका लागिकरिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ ।