२०७७ माघ १३ , मंगलबार

बीपी कोइराला र आजको गणतन्त्र नेपाल

Capture

किरण गिरी – आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको एक युग पार गरिरहदा बि पी कोइरालाको देन , त्याग र सहासिक राजनीतिक निर्णयलाई भुल्न सक्दैनौ । २०३३ साल पुस १६ गते जननायक बीपी कोइरालाले मुलुकको अस्तित्व खतरामा परेको ठहराएर गणेशमानजी, शैलजाजीसहित हजारौँ काँग्रेसजनका साथ निर्वासनबाट स्वदेश फर्किने र स्वदेशमै बसेर प्रजातन्त्र प्राप्तीका लागि काम गर्ने घोषणा गरी स्वदेश फर्किनुभएको हो ।
स्वदेश फर्किँदा उहाँँले दिनुभएको ‘देशवासीका नाउँमा अपील’ मा भनिएको छ :-

 

बि पी को दस्तावेजमा आधारित :-
“आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, ब्यक्तिवादी मनोवृत्ति र विदेशपट्टी आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ,……हामीले प्रजातन्त्र प्राप्तीमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यतिमात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने अवस्थामा पनि रहन्छौँ । त्यस्तै हामीले केबल राष्ट्रियताको मात्र चर्चा गरयौँ भने १६ वर्षदेखि चल्दैआएको खोक्रो राष्ट्रियताको नारावाजीमा पुग्छौँ र अधिनायकवादको पक्षधर हुनपुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले देशवासीमा राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल पैदा गर्न सक्दैन।” कुन परिस्थितिमा बीपीले मेलमिलाप नीति अपनाउनु भयो भन्ने सवालमा समकालीन विश्व परिस्थितिलाई ध्यान दिनु बुद्धिमत्ता हुन्छ । भारतमा इन्दिरा गान्धीले लोकतन्त्रलाई निलम्बनमा राखेर संकटकालीन स्थितिको घोषणा गर्नुका साथै संविधानका महत्वपूर्ण जनअधिकारहरू पनि निलम्बनमा राखेको अवस्था थियो ।

 

बाँग्लादेशको उदय भैसकेको थियो भने सिक्किमको बिलय भारतमा भैसकेको अबस्था थियो । अफगानिस्तानमा सोभियत संघको ब्युहरचनामा सत्तापलट भएको थियो गृहयुद्ध र सोभियत सेनाको उपस्थिति अफगानिस्तानमा पर्याप्त थियो । थाईल्याण्डमा सेनाद्वारा सत्ता हत्याउने काम भैरहेको थियो भने इरानमा राजतन्त्र विरुद्ध दिनदिनै ब्यापक हुँदैगएको विद्रोह र कलह भुसको आगो झै भैलिरहेको थियो । इथियोपियामा सोभियत पृष्ठपोषणमा एमान एन्दम र मङ्गेत्सु हाईली मरियमद्वारा सत्तापलट भएको थियो । नाईजिरियामा कम्युनिस्टद्वारा बितण्डा र सत्तापलट भएको थियो । साईप्रसमा टर्कीको पक्षपोषणमा द्वन्द्व र कलह कायम थियो । पोर्चुगालमा वामपन्थीहरूद्वारा सैनिक विद्रोहजस्ता घटनाले बिश्वमानचित्रबाट कयौँ विकासोन्मुख मुलुकहरू हराउने खतरा बढिरहेको थियो । यस्तो अन्तर्राष्ट्रिय घटना क्रमहरुलाइ नियाल्दै नेपालको रास्ट्रीयता र लोकतन्त्र माथी आइपर्न सक्ने खतरा लाई मध्य नजर गर्दै बि . पी . स्वदेश फर्किनु भएको थियो । यो अन्तर्राष्ट्रिय परिस्थितिमा बि. पी ले रास्ट्रीय एकता र मेलमिलापको नीति अबलम्बन गरेर २०३३ साल पौष १६ गते नेपाल फर्कनु भएको थियो ।

 

मेलमिलाप नीतिबारे गणेशमानजीको विचार अलिक फरक थियो, तर उहाँ सकारात्मक हुनुहुन्थ्यो, “मेलमिलापको नाममा नेपाल जानु आत्महत्या हो, निर्वासनमा बसिरहनु मन्दविष पिउनु हो ।”मेलमिलाप दिवसले पुस १ गतेको घटनालाई बिर्साउनचाहिँ सक्दैन । बीपीको उपरोक्त भनाई २०३३ पुस १६ गते स्वदेश फर्केपछि दिनुभएको ‘अपील’ मा उल्लेख छ । बि पी ले अबलम्बन गर्नुभएको सहासिक राजनीतिक निर्णयको कारणले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौ । आजको नेपालमा भएको राजनीतिक स्वतन्त्रता , लोकतन्त्र , मानवअधिकारको सम्बर्द्धनको अबस्था अझै मजमुत र सुदृढ बनाउन हामी सबै लोकतन्त्रबादी हरु क्रियाकशिल रहनु जरुरी छ । कम्युनिस्ट अधिनायकवाद को चुंगलबाट देशलाई लोकतान्त्रिक प्रक्रिया बाट नै मुलुकलाई निकास दिनु पर्दछ । बि पी कोइरालाको महान आदर्श बोकेको पार्टी नेपाली कांग्रेस मुलुक र जनता को नेतृत्व गर्न सक्षम रहने छ।

लेखन तथा संयोजन – केन्द्रीय सदस्य, नेपाली कांग्रेस