२०७७ माघ १३ , मंगलबार

‘ललितपुर उद्योग वाणिज्य संघलाई नमूना संघ बनाउने योजना छ’

Manoj Bdr Nyathyou

मनोज बहादुर न्याछ्यों (अध्यक्षका उम्मेदवार), ललितपुर उद्योग वाणिज्य संघ-

मुलुकभरका उद्योग वाणिज्य संघहरु मध्ये ललितपुर उद्योग वाणिज्य संघ एउटा पुरानो र सशक्त संघकारुपमा चिनिन्छ । यही पुस १७ र १८ गते यस संघको ४१ औं बार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ । यसकालागि संघका आवद्ध ब्यवसायीहरु विभिन्न दुई खेमा प्रतिष्पर्धामा उत्रिएका छन् । यसैक्रममा संघका महासचिव एवं अध्यक्षका प्रत्यासी मनोज बहादुर न्याछ्यो सँग हामीले उहाँको उम्मेदवारी किन र केकालागि भन्ने बिषयमा कुराकानी गरेका छौं । प्रश्तुत छ सुनाखरी न्युज (www.sunakharinews.com) कालागि अध्यक्षका प्रत्यासी मनोज बहादुर न्याछ्यों सँग गरिएको कुराकानीको संपादित अंश ।

 

ललितपुर उद्योग वाणिज्य संघमा यहाँको अध्यक्षपदमा उम्मेदवारी दिनु भएको छ । यहाँको उम्मेदवारी किन ?
ललितपुर उद्योग वाणिज्य संघको ४१ औं बार्षिक साधारणसभा तथा अधिवेशन यही १७ र १८ गते हुँदै छ । त्यसमा म अध्यक्षकालागि उम्मेदवारी दिँदैछु । ‘इमान्दारिता, पारदर्शीता र दूरदर्शिता–उद्योगी ब्यवसायीहरुको हकहित हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य नारा हाम्रो छ । त्यसलाई नै समेटेर अगाडि बढ्ने उद्धेश्यले मैले उम्मेदवारी दिएको छु । यसमा हाम्रो सिङगो ब्यवसायीको टिम छ । हामी सामुहिकरुपमा अगाडि बढ्र यस क्षेत्रमा आम उद्यमी ब्यवसायीको हकहितको सुनिश्चितताकालागि प्रतिवद्ध छौं । हाम्रो टिममा रोज्ने भनेको हाम्रो एजेण्डालाई रोज्ने हो । हामी इमान्दारीतापुर्वक पारदर्शी तरिकाले अगाडि बढ्छौं । हामीमा पदादर्शीता र इमान्दारीता छ । हामी नयाँ सोच र योजनमा साथ अगाडि बढ्ने योजनामा छौं । हामी पुर्खाले गरेको योदानमा अव अरु इटा थप्ने योजनमा छौं ।

 

यहाँ र यहाँको टिमको एजेण्डा के छन् ?
सम्पूर्ण ललितपुृरवासी उद्योगवाणिज्य संघका साथिहरुलाई मैले १० वुँदे प्रतिवद्धता राखेको छु । ती हुनः
–उपभोक्ता हित ऐन संसोधन
–हस्तकलाको प्रवद्र्धनकालागि छुट्टै टे«ेडमार्कको दर्ता
–लगानीको बातावरण निर्माण
–उद्योगी ब्यवसायीको आवाज सुन्ने वातावरण निर्माण
–कर सचेतना कार्यक्रम सञ्चालन
–भन्सार र अन्डर विलिङको समस्या समाधान
–सामाजिक सुरक्षा ऐनको परिमार्जन
–संघका छुट्टै गुनासो संकलनको ब्यवस्था
–स्कूलमा ब्यवसायमा बारेमा चेतना कार्यक्रम सञ्चालन
–अनुगमनका नाममा हुने आतंक रोकथाम

यहाँको टिममा कस्ता ब्यक्तिहरु हुनुहुन्छ ?
हाम्रो टिम समावेसी छ । यसमा हस्तकला, मदिारा, खाद्यान्न, महिला लगायत समाजका सवै क्षेत्र र वर्गमा मानिसलाई समेटिएको छ ।
तपाइँको टिमको जितपछि ब्यवसायीले के आशा गर्ने ?
ललितपुर उद्योग वाणिज्य संघले ५४ औं बशन्त पारगर्दा धेरै आरोह अवरोहहरु आए होलान् । यसक्रममा ब्यवसाइहरुलाई सहज र निर्वाधभरुपमा ब्यवसाय सञ्चालनको बातावरण वनाउने मेरो योजना छ ।

 

कोरोनावाट सिथिल ब्यवसायलाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?
कोभिडका कराण करिव २० प्रतिशत मात्रै ब्यवसाय सञ्चालन भएको अनुभव हामीले गरेका छौं । ब्यवसायीले तीन तहको कर तिर्नु परेको छ । तर ब्यवसायीले राज्यको तर्फवाट कुनै सुविधा पाएको छैन । यसर्थ हामी ब्यवसायीको हक हितकालागि अगाडि बढ्छौ । ठूला ब्यवसायीको साथसाथै हामी मझौला र साना ब्यवसायीलाई पनि टार्गेट गरेर उनीहरुको हकहितकालागि अगाडि बढ्छौं ।

नेपाल उद्योग वाणिज्य महासंघ संघ हातेमालो गरेर अगाडि बढ्ने कुनै योजना छ ?
नेपाल उद्योग वाणिज्य महासंघमा हालै मात्र नयाँ नेतृत्व आएको छ । ललितपुर उद्योग वाणिज्य संघवाट पनि त्यसमा प्रतिनिधित्व भएको छ । ललितपुर जिल्लवाट मात्रै यसपाली तीन जना महासंघका विजयी हुनु भएको छ । यसर्थ हमी अव महासंघसँग पनि सहकार्य गरेर अगाडि बढ्छौं ।

अन्त्यमा ?
नेतृत्वमा आउने मान्छे ब्यवसायी नै होस र हुनुपर्दछ भन्ने हाम्रो चाहना छ । ब्यवसाय नगर्ने र अन्य क्षेत्रमा आवद्ध ब्यक्तिले संघको नेतृत्व नगरोस भन्ने हाम्रो मान्यता हो । वास्तविक ब्यवसायीले मात्र ब्यवसायीका समस्या वुझ्न सक्छन् । यसतर्फ सवैको ध्यानाकर्षण हुन आवश्यक छ । यस्तो भयो भने हामी यो संघलाई एउटा नमूना संघकारुपमा अगाडि बढाउन सक्छौ ।