२०७७ चैत्र ३० , सोमवार

नुवाकोटमा कांग्रेसद्वारा बिरोध सभाको तयारी

3

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री ओलिद्वारा गरिएको संसद विघटनको घटना असंवैधानिक कदम भएको भन्दै नुवाकोट कांग्रेस क्षेत्र नंवर १ ले लिखु गाउँपालिकाको चौघडामा पुस १३ गते बृहत बिरोध सभाको तयारी थालेको छ। नेकपा अध्यक्ष समेत रहेका केपी ओलिले पुस ५ गते जननिर्वाचित प्रतिनिधिसभा विघटन गरे लगत्तै नेपाली कांग्रेसले देशभर पुस १३ गते बिरोध सभा गर्ने निर्णय र निर्देशन अनुसार बिरोधसभाको आयोजनाको तयारी थालिएको हो।

 

कांग्रेस क्षेत्र नंवर १ ले व्यापक नेताकार्यकर्ता सडकमा उतार्दै प्रधानमन्त्री ओलिको अधिनायकवादी चरित्रको कडा बिरोध गरिने नेपाली कांग्रेस नुवाकोटका नेता तथा साबिक कबिलास गाबिसका पुर्व अध्यक्ष माधवप्रसाद खनालले वताउनुभयो । संबिधान बिपरित जननिर्वाचित प्रतिनिधिसभा विघटन गरि प्रधानमन्त्री ओलिले निरंकुश र अधिनायकवादी चरित्र प्रदर्शन गरेको कदमका बिरुद्ध नेपाली कांग्रेसले देशभर एकसाथ प्रदर्शन गरिने बिरोधसभामा सबै लोकतन्त्रवादी नेता कार्यकर्तालाई सहभागिताका लागि नेता खनालले अपिल गर्नुभएको छ ।

 

प्रधानमन्त्री ओलिको गैरसंबैधानिक संसद विघटनको कदमका बिरुद्ध नेपाली कांग्रेस क्षेत्र नम्बर १ नुवाकोटले पुस १३ गते सयौँ नेताकार्यकर्ता सडकमा उतार्ने तयारी गरेको क्षेत्रीय सभापति धुर्व श्रेष्ठले बताउनुभयो । सभापति श्रेष्ठले पुस १३ गते दिनको १२:३० बजे चौघडा वजारमा उपस्थितिका लागि नेता कार्यकर्ताहरुमा अपिल गर्नुभएको छ ।