२०७७ चैत्र ३१ , मंगलबार

सीजेएन पत्रकारिता पुरस्कारबाट पत्रकार श्रेष्ठ सम्मानित

1

सुनाखरी न्युज/ काठमाडौं – सहकारी पत्रकार समाजले प्रत्येक वर्ष प्रदान गर्ने सीजेएन पत्रकारिता पुरस्कारबाट यो वर्ष रातोपाटी अनलाइन सम्बद्ध पत्रकार प्रयास श्रेष्ठ सम्मानित हुनुभएको छ । लामो समयदेखि सहकारी बिट हेर्दै भएका पत्रकार श्रेष्ठलाई आज काठमाडौंमा सम्पन्न नेपाल सहकारी पत्रकार समाजको १० औं वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सम्मानित गर्नुभएको हो ।

 

सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवस भदौ १९गते गते प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो । त्यस्तै, सिजेएनका संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ प्रदान गरिएको छ ।