२०७८ बैशाख ३ , शुक्रवार

गजल

Capture

वीरबल खड्का क्षेत्री –

देश बिग्रो नेता असल नपाएर,
कृषक छटपटाए मल नपाएर।

सुकुम्बासी अल्पत्र छन् सडकमा,
आफ्नो बास बस्ने थल नपाएर।

प्रकृतिले उर्भर भुमि दिए पनि,
अन्न बाली छैन जल नपाएर।

निमुखा र गरिबलाई सधै अन्यायमा,
सर्वहारा सधै कमजोर बल नपाएर।

नेता जनताका भएन्न निर्बाचित भएपनि
नेपालीलाई सधै दु:ख राम्रो दल नपाएर।