२०७८ बैशाख ३ , शुक्रवार

देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ हजारभन्दा कम

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७ हजारभन्दा कममा झरेको छ ।पछिल्लो २४ घन्टामा ८ सय ४० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७ सय ४९ जनामा झरेको हो । अहिलेसम्म २ लाख ४९ हजार १ सय ३२ जना कोरोना सङ्क्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय जना नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म २ लाख ५७ हजार ७ सय जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।