२०७८ बैशाख ३ , शुक्रवार

कन्धनीडाँडा भाट समाजको अध्यक्षमा वञ्जरा

Sunakhari News#

सुनाखरी न्युज/ पोखरा – पोखरा महानगरपालिका वडा नं. २६ स्थित कन्धनीडाडाँमा वसोवास गर्ने भाटबन्धुहरुको प्रथम वार्षिक साधारण सभाले वसन्त वञ्जराभाटको अध्यक्षतामा कन्धनीडाडाँ भाट समाज गठन गरेको छ । समाजको उपाध्यक्षमा कल्पना भण्डारीभाट, सचिवमा तारा रानाभाट, कोषाध्यक्षमा लक्ष्मण राजभाट र सदस्यहरुमा मनबहादुर रानाभाट, शम्भु पतानीभाट, कमला रानाभाट, तारा राजभाट, दिपेन्द्र रानाभाट, रेवती अधिकारीभाट, बलबहादुर रानाभाट, रामचन्द्र राजभाट र दामु देवकोटाभाट रहेका छन् ।

 

सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रानाभाट तथा भाट समाज पश्चिमाञ्चल क्षेत्रिय समितिका संस्थापक अध्यक्ष तोयबहादुर भट्टराईभाटले गरेका थिए । कार्यक्रममा ठाकुर रानाभाट, राजेन्द्र कुमार रानाभाट, चन्द्रबहादुर रानाभाट, शिवबहादुर रानाभाट, जग्गादाता ओमबहादुर वञ्जराभाट, शिव वञ्जराभाट, वडा नं. २६ का वडा सदस्य खड्क बहादुर रानाभाट र नरेश कुमार वञ्जराले वोल्नु भएको थियो ।