२०७८ बैशाख ८ , बुधवार

तरकारी बजारमा पनि डिजिटल कारोबार, अब क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने

सुनाखरी न्युज/ काठमाडौं-
अब तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा शुक्रबार यसको सुरुआत भएको छ ।

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टबाटै भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित शुक्रबार गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरे ।

नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियता