२०७७ चैत्र ३० , सोमवार

छक्कबहादुरले ओली समूहलाई नै छक्क बनाएर लागे प्रचण्ड–माधवतिर

सुनाखरी न्युज/काठमाडौं ।

हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड(माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले  भनेका छन् ।