२०७८ बैशाख ४ , शनिवार

कक्षा १२ को छुटेको परीक्षा तालिका सार्वजनिक, यस्तो छ परीक्षाको तालिका

सुनाखरी न्युज/ काठमाडौं ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । कोरोनाका कारण स्थगित परीक्षा गत ९-१६ मंसिरमा सञ्चालन गरिएको थियो ।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले जानकारी दिए ।

 

यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था नगरिने अध्यक्ष पौडेल बताउँछन् ।