२०७८ बैशाख ८ , बुधवार

दधिराज पुरस्कार कोइराला र बिरहिलाई

सुनाखरी न्युज/ काठमाडौं-
वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुबेदीको सम्मानमा स्थापित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यस बर्षको पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको आज बसेको बैठकले एकाउन्न हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार बरिस्ठ साहित्यकार एब कवि एस पि कोइरालालाई र पचिस हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकरिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर बिरहिलाई दिने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । पुरस्कार साहित्यकार प्राज्ञ दधिराजको सम्मानमा उहाँका छोराहरु शरदराज र रुपकराजले स्थापना गरेका हुन् ।

हरेक बर्ष दुई जना विशिष्ट ब्यक्तित्वलाई कोषको ब्याज बाट प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ । पुरस्कार बाट यस अघि साहित्यकारहरु प्रा डा गोबिन्दराज भट्टराई , प्रा डा अभि सुवेदी ,प्रा डा माधब प्र पोखरेल, पत्रकारहरु किशोर नेपाल, हरिबहादुर थापा, शिव बा कार्की पुरस्कृत भइसक्नु भएको छ ।

२०७६ सालको लागि घोषणा गरिएको पुरस्कार कोरोनाको कहरका कारण वितरण गर्न नसकिएकोले आगामी माघ महिना मा आयोजना गरिने समारोहमा नै वितरण गरिने छ । सो बर्ष साहित्य तर्फको पुरस्कार डा बिष्णुबिभु घिमिरेलाई र पत्रकारिता पुरस्कार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय भइ सकेको छ ।