२०७७ चैत्र ३० , सोमवार

आज यो वर्षकै चिसो, काठमाडौंको न्यूनतम तापक्रम १.३ डिग्री

Weather

सुनाखरी न्युज/ काठमाडौं-
काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ ।

आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो।

यसअघि गएको पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो।

आज भने काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ। आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।