२०७८ बैशाख ४ , शनिवार

मन्त्रिपरिषद पुनर्गठन : कसलाई कुन मन्त्रालय (सूचीसहित)

1

सुनाखरी न्युज/ काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा हुनुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री हुनुभएको छ । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री हुनभएको हो ।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्रीमा नियूक्त हुनुभएको छ भने भने दावा लामा युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ । जुली कुमारी महतो महिला बालबालिका मन्त्री बन्नु भएको छ भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री हुनुभएको हो । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बन्नुभएको छ ।

 

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । यसै बिच नवमन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ।

 

थपिएका मन्त्री
टोपबहादुर रायमाझी -ऊर्जा, जलस्रोत तथा सिंचाई

प्रभु साह -शहरी विकास

गौरीशंकर चौधरी -श्रम तथा रोजगार

गणेश ठगुन्ना -सामान्य प्रशासन तथा संघीय मामिला

मणि थापा -खानेपानी तथा सरसफाई

दाबा लामा -युवा तथा खेलकूद

प्रेम आले -वन तथा वातावरण

जुली महतो -महिला तथा ज्येष्ठ नागरिक

विमला विश्वकर्मा -उद्योग राज्यमन्त्री

मन्त्रालय हेरफेर भएका
हृदयेश त्रिपाठी -स्वास्थ्य तथा जनसंख्या

कृष्णगोपाल श्रेष्ठ -शिक्षा, विज्ञान तथा प्रबिधि

भानुभक्त ढकाल -संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

पदमा अर्याल -कृषि तथा पशुपंक्षी

शिवमाया तुम्बाहाङफे -भूमि सुधार

लिलानाथ श्रेष्ठ -न्याय कानुन तथा संसदीय मामिला

अहिलेसम्म त्रिपाठी सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ शहरी विकास, ढकाल स्वास्थ्य, अर्याल भूमिसुधार, तुम्बाहाङफे कानुन र लिलानाथ महिला बालबालिका मन्त्रालयमा थिए।