२०७७ चैत्र ३० , सोमवार

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं – एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको दुई लघुवित्तबीच आज पौष १० गते गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

 

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने÷ गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका हुन् ।

 

मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन । दुई संस्थाबीच मिति गत श्रावण ३२ गते गाभ्ने ÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ ।