२०७८ बैशाख ४ , शनिवार

संसद विघटनले उब्जाएको प्रश्न र नेपाली कांग्रेस

Capture

किरण गिरी – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पौष ७ गते देखि आज १० गते सम्म जारी रहदा मुलुकको बर्तमान राजनीति को रौ चिरा विश्लेषण गर्दै पार्टी को भाबी निति तथा कार्यक्रमका बारेमामा स्पष्ट धारणा तय गर्दै छ । १३ गते १६५ निर्बाचन क्षेत्रमा गरिने बिरोध प्रदर्शन र १६ देश ब्यापी रुपमा मनाइने रास्ट्रीय एकता तथा मेलमिलाप दिवस तयारी का लागि केन्द्रीय समितिको बैठक पौष १९ गते दिउँसो -१:०० बस्ने गरि स्थगित गरिएको छ ।

 

पौष – ५ गते भएको प्रतिनिधि सभा विघटन र बैशाख १७ र २७ गते भएको मध्याबधी निर्बाचनको घोषणा प्रधानमन्त्री के पी शर्मा ओलीको असंबैधानिक , अलोकतान्त्रिक , स्वेच्छाचारी र अधिनायकवादि कदम हो भन्ने नेपाली कांग्रेस को निस्कर्श छ । आज मुलुकमा यो अवस्था ल्याउनमा नेकपा को दुबै ओली समूह र प्रचण्ड माधब समूह समानरूपले दोषि जिम्मेवार छन। अहिले निर्बाचन आयोगमा बिभाजनको प्रक्रिया थालनी गरेका दुबै कम्युनिस्ट पार्टी हरु प्रती हामी समदुरिमा रहनु पर्ने देखिन्छ । सिंगो नेपाल कम्युनिस्ट पार्टी नै नेपाल र नेपाली जनताको दुर्भाग्य भएको कुरा नेपाली कांग्रेसले आम जनता मा पुर्‍याउनु जरुरी छ भन्ने धारणा हरु बैठकमा आइरहेका छन ।

 

निर्बाचन आयोगले दुबै नेपाल कम्युनिस्ट पार्टीको दुबै समूह लाई अलग / अलग निर्बाचन चिन्ह प्रदान गरेर दुइवटा कम्युनिस्ट पार्टी घोषणा नगरे सम्म हामि नेपाल कम्युनिस्ट पार्टी फुटेको निष्कर्ष मा पुगन सक्दैनौं । अहिले पार्टी बिभाजनको प्रक्रिया थालनी मात्र भएको छ । नेपाली कांग्रेस ले लिने निर्माण ले मुलुकको रास्ट्रीय राजनीतिमा प्रभावशाली अशर पार्ने भएकोले सर्बोच्च अदालतको पुनर्स्थापना सम्बन्धि निर्णय र निर्बाचन आयोगले नेकपा बिभाजन सम्बन्ध मा गर्ने निर्णय लाई कांग्रेसले गम्भीरताका साथ पर्खनु उपयुक्त हुने देखिन्छ । पौष – ५ गतेको प्रधानमन्त्रीको अधिनायकवादि कदम पपश्चात मुलुकमा राजनीतिक र संबैधानिक संकट निम्तिएको छ ।

यस घटना पछि अब मुलुक सामु तिनवटा विकल्प हरु देखा परेका छ्न :-
१ . प्रतिनिधि सभा पुनर्स्थापना ।
२. मध्याबधी निर्बाचन ।
३. संसद पुनर्स्थापना र मध्याबधी निर्बाचन दुबै काम नभएर मुलुक अन्यौलता र राजनीतिक अस्थिरतामा प्रवेश गर्न सक्ने अबस्था ।

 

नेपाली कांग्रेसले यो सबै घटना र त्यसपछि उत्पन्न हुने राजनीतिक परिस्थितिहरुको आंकलन विश्लेषण गर्दै सबै परिस्थितिहरुको सामना गर्न , हतार नगरिकन जिम्मेवार र परिपक्व ढंगले रणनीति बनाएर पार्टीको आबश्यक नीति तथा भाबी कार्यक्रम हरु ल्याउनु पर्ने देखिन्छ । नेपाली कांग्रेसलेले – प्रतिनिधि सभा पुनर्स्थापना पछिको अवस्था , मध्याबधी निर्बाचनको तयारी र चुनाब नै नहुने अबस्थामा मुलुकमा अन्यौलता एबं राजनीतिक अस्थिरता आउन सक्ने अबस्था समेत लाई मध्यनजर राखेर आफ्नो रणनीति तथा भाबी कार्यक्रम बनाउनु पर्दछ । यसको लागि सर्बोच्च अदालत को निर्णय पर्खनै पर्ने हुन्छ । राजनीतिक र मानसिक रुपमा हामीले पार्टी संगठन लाई निर्बाचनको तयारीमा अगाडि बढाउनै पर्दछ । एउटा प्रमुख प्रतिपक्षी दलले सदा “अर्लि इलेक्सन “चाहिरहेको हुन्छ । त्यही मान्यता अनुसार हामीले चुनाबको माध्यम बाट जनमतका आधार मा आजको संकटलाइ हाम्रो पार्टी नेपाली कांग्रेसले अबशर र उपलब्धिमा बदल्न सक्नु पर्दछ भन्ने मेरो धारणा छ ।

 

एउटा बेग्लै प्रसंग चर्चा गर्दा प्रेस राजनीतिक दल एक अर्काका घनिष्ठ सहयोगी हुन । लोकतन्त्रमा सुचना नै शक्तिशाली आधार भएकोले सुचना र जानकारी हरुको आदानप्रदानमा हामी अत्यन्तै चनाखो हुनु पर्दछ । पत्रकार हरु संग हाम्रो सम्बन्ध अत्यन्तै सुमधुर र पार्टीको नीति मिडिया मैत्री हुनु पर्दछ । मिडिया हाउसका मालिक भन्दा श्रमजीवी पत्रकार हरु संग हाम्रो सार्थक सम्बन्ध रहनु पर्दछ । पार्टी र आम संचार माध्यम बिचको सम्बन्ध सदा सुमधुर र सार्थक रुपमा नियमित एबं ब्यबस्थित हुनु पर्दछ । प्रेस स्वतन्त्रता को आजको युगमा सुचनाको बलियो आधार भनेको पत्रकार नै हुन । पार्टीले उनिहरु संगको सम्बन्ध र सम्पर्क लाई उच्च प्राथमिकता मा राख्नु पर्दछ भन्ने मेरो आग्रह हरु आइरहेका छन ।

 

नेपालमा भएका सबै आन्दोलन र परिबर्तन हरुको नेतृत्व गरेको नेपाली कांग्रेसले आजको संकटबाट मुलुक लाई संबैधानिक र लोकतान्त्रिक ट्र्याक मा ल्याउन अभिभावक को भुमिका खेल्दै निर्णायक बन्न सक्नु पर्दछ भन्ने धारणा प्रवल छ । नेपालको राजनीतिमा उग्र दक्षिण पन्थी र उग बामपंथी प्रवृत्ति देखा परिरहेको छ । देशमा पुर्बराजाबादी हरु राजनीतिक अस्थिरताको फाइदा उठाउदै राजा फर्काउने नारा बोकेर हिड्न थालेका छ्न । यश तर्फ हाम्रो पार्टी सदा चनाखो र गम्भीर हुनु पर्दछ । प्रधानमन्त्री के पी ओली र पुर्बराजाबादीहरुको कतै न कतै साठगाठ भएको देखिन्छ । केही दिन अगाडि बालुवाटार मा बसेको सर्बदलिय बैठकमा राप्रपा लाई हिन्दु रास्ट्र र राजसंस्था को एजेन्डा राख्ने मौका दिलाएको घटनाले पुर्बराजाबादी र ओलीको कुनै न कुनै किसिमको साँठगाँठ भएको कुरा सहजै अनुमान गर्न सकिन्छ । यसतर्फ हामी चनाखो रहनु जरुरी देखिन्छ । दरबार र कम्युनिस्ट हाम्रा समान शत्रु हुन भन्ने कुरा इतिहास र बर्तमानले पुष्टि गरिसकेको छ । यो तथ्य लाई हामिले कहिल्यै बिर्सन हुदैन ।

पौष – १३ गते १६५ क्षेत्रमा पार्टीले गर्न लागेको बिरोध प्रदर्शन लाई देशभर प्रभावकारी रुपमा संचालन गर्न कांग्रेसका सबै नेता कार्यकर्ता आ आफ्नो जिल्ला र संसदीय निबाचन क्षेत्रमा सक्रिय हुनु जरुरी छ । सडक आन्दोलन गर्नु पर्ने अबस्थामा नेपाली कांग्रेस एक्लैले आफ्नो पहिचान , अस्तित्व र आदर्श लाई बोकेर कसैसँग सहकार्य नगरी कन अगाडि बढ्नु पर्दछ । सौनौलो इतिहास , जिम्मेवार बर्तमान र उज्ज्वल भबिस्य बोकेको नेपाली कांग्रेस एक पटक नयाँ जोश , नयाँ शिरा र गति बाट अगाडि बढ्नु पर्दछ । मुलुकको समृद्धि र बिकास नेपाली कांग्रेस बाट मात्रै संभाव छ । मुलुकमा तिनै तहको निर्बाचन सम्पन्न गर्दै संबिधान को सफल कार्यान्वयन गर्ने काम हाम्रो पार्टी सभापति कै नेतृत्वमा हो । यो हामी सबैका नेपाली कांग्रेस का तमान नेता कार्यकर्ता को लागि गर्व र गौरबको बिषय हो । बर्तमान संकट लाई अबशरमा बदल्दै नेपाली कांग्रेस ले निर्बाचनकै माध्यम बाट “डिरेल ” भएको संबैधानिक र लोकतान्त्रिक प्रक्रिया लाई” लिग ” मा ल्याउनु पर्दछ । नया जनादेश बाट नेपाली जनता ले नेपाल कम्युनिस्ट पार्टी लाई नेपाली राजनिती बाट विश्राम गर्ने मौका दिने छ्न । हरेक कालो बादलमा चादिको घेरा हुन्छ भने नेपाली कांग्रेसले पनि आजको संबैधानिक र लोकतान्त्रिक अन्यौलता लाई चिर्दै आफुले बनाएको संबिधान को रक्षा र सम्बर्द्धन गर्ने मौका आएको छ । पार्टी संगठन लाई एक ढिका बनाएर निर्बाचनको सामना गर्न सके आउदो संसद प्रतिनिधि सभामा सुबिधा जनक बहुमत नेपाली कांग्रेस पार्टी को नै हुने छ ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।