२०७८ बैशाख ८ , बुधवार

काटिने पालाे कस्काे ?

Capture

कविता छन्द: पज्झटिका

नेकपा सँगै ने. का आऊ
मङ्गल गान मिलेर गाऊ !
सिद्धान्त जपी बचिन्न कस्ताे
अब छ काटिने पालाे कस्काे?
||१||
के भन्छन् बुझ पुष्पलाल
के भन्छन् अनि बी.पी. हाल
नबुझे जस्ताे लाै भन कस्ताे
अब छ काटिने पालाे कस्काे?
||२||
जबज खै अनि खै जनवाद ?
लै लै गर्दछ समाजवाद !!
सिद्धान्त आज बनेछ सस्ताे
अब छ काटिने पालाे कस्काे?
||३||
लडे यहाँ कति जनता सारा
भयाे त पूरा के अभिभारा?
नेताजी के गर्याै त यस्ताे
अब छ काटिने पालाे कस्काे?
||४|||
स्वार्थी हाँडाे भर्नु छ चाँडाे
भनेर सत्ता भएछ घाँडाे !
जनमत पार्याै लाै किन सस्ताे
अब छ काटिने पालाे कस्काे?
||५||
आश्वासन त्याे, गरेर याे याे
र नाङ्गाे नाच गर्छाै के भाे?
खाेज्छाै खाली कुर्सी सस्ताे
अब छ काटिने पालाे कस्काे?
||६||
ऊ पनि उस्तै ऊ पनि उस्तै
बिरालाे बाघ मुख छ दुरुस्तै!
अवसर मात्रै जप्छाै कस्ताे!
अब छ काटिने पालाे कस्काे?
||७||
छोपी दाेष बच्न खाेज्दछाै
जनता ढाँटी माैका छाेप्छाै
छ के गरेकाे साेच न कस्ताे?
अब छ काटिने पालाे कस्काे?
||८||
रुँदैछ देश के हाे पारा ?
गर्छन् मस्ती जनतामारा
खसेर धाेती लाज छ सस्ताे
अब छ काटिने पालाे कस्काे?
||९||
क्रमश:………!

-प्रकाश भावुक(प्रभा)
दिक्तेल, खाेटाङ