२०७८ बैशाख ३ , शुक्रवार

२४ लाखदेखि पाइन्छ टाटाको टियागो गाडी

सुनाखरी न्युज/काठमाडौं – टियागो टाटा गाडी चर्चित प्यासेन्जर गाडी मध्ये एक हो। २४ लाख देखि नै सुरुवाती मूल्य भएकोले यो मध्यम वर्गिय ग्राहकको रोजाइमा परेको छ। उक्त गाडी नेपालमा एक्सई, एक्सएम, एक्सजेड र एक्सजेड प्लस गरी ४ वटा भेरिएन्टमा उपलब्ध छ।

 

रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोले ६००० आरपिएममा ८५ पिएस पावर र ३५०० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ। यसको टप भेरिएन्टमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले यसलाई अन्य भन्दा भिन्न बनाएको कम्पनीले जनाएको छ। त्यस्तै यसको इन्टेरियरमा स्पेशान एन्ड्रोइड अटो र नेभिगेसन सहितको हर्मनको आकर्षक ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। १८० एम एम ग्राउन्ड क्लियरेन्स्ले अप्ठेरो बाटोमा पनि उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दावी छ। यसमा नयाँ स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीलाई आकर्षक बनाएको छ।

 

टियागोमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्याग, अधिकतम यात्रु सुरक्षाका लागि इबिडीसहितको एबीयस जस्ता प्राविधिक विशेषताहरू रहेका छन्। त्यसैगरी यसमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन्।