२०७७ चैत्र ३१ , मंगलबार

सहमतिका साथ २०४७ को संविधानमा फर्कौं

Capture

जनकराज पाठक – करिव १७ हजार को मृत्यु,हजारौं वालवालिका टुहुरो,हजारौं दिदिबहिनी क‍ो सिउदो उजाडेर मुलुक निमार्णमा महत्त्वपूर्ण य‍ोगदान गरेको राजसंस्था लाइ पाखा लगायर ५ हजार वर्ष पुरानो हिन्दु,बौद्ध सभ्यता लाइ नस्ट पारेर विदेशी प्रभाव र दवाव मा ल्याइयको गणतन्त्र र त्यसको मुख्य उपलब्धि को रुपमा मानियको २०७२ को संविधान लाइ लोकतान्त्रिक आवरणमा उदायका अधिनायकवादी चिन्तन वोकेका फुच्चे जंग वा.ले च्यातिदियपछि यसका निर्माणकर्ता हरु संविधानको व्याख्या को लागि अदालत धाइरहेका छन।

 

आफु अनुकुलका कानुनविद हरुको व्याख्या र विष्लेषण सुन्न दलका नेताहरु व्यस्त छन। समग्रमा यो संविधान ले कसकसलाइ के के अधिकार दियको छ भन्नेवारे यसका निर्माण कर्ताहरु रणभुल्लमा परेका छन। मेरो विषेश अधिकार भन्दै फुच्चे जंग वा.ले पार्टीको झगडा लाइ लियर संविधानमा कतै नभयको अधिकार प्रयोग गरेर जनताको जनप्रतिनिधि मुलक संस्था को हत्या गरिदिय पछि राजनीतिक वजार तरंगित भयको छ। यो विषम परिस्थिति र अवस्था को सुक्ष्म विष्लेषण गर्दै राप्रपा आफ्नो मुल एजेन्डा वाट विचलित नभइ लोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै एजेन्डा स्थापित गराउन क्रियासिल हुनु पर्ने समय आयको छ। फुच्चे जंग वा.को सिफारिस लाइ कत्ति विलम्ब नगरि राष्ट्रपती ले हठात सदर गरिदिय पछि विगतमा यस्तै हर्कत गर्ने प्रधानमन्त्रीको सिफारिस लाइ राजा ले अदालत संग परामर्श लियको तत्कालीन तथ्य घटना ले कुन संस्था निश्पक्ष थियो, जनउत्तरदायि थियो भन्ने वारेको वहसले नेपाली राजनीति थप गर्मायको छ।

भुकम्प ले थलियर उठन नसकेका लगत्तै कोविड को मारमा परेका जनतालाई चुनाव हैन राहत र आहतको आवश्कता छ।चुनाव सर्वोपरि निकास रहेनछ भन्ने कुरा फुच्चे जंग वा.ले प्रस्टाइदियका छन।हजारौं को संख्यामा यो वा त्यो नाउमा स्थापित प्रतिनिधि को सुविधा ले अर्थतन्त्र धरासाइ हुदै छ।निर्वाचन ले पनि तानाशाही जन्मायर अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै लोकतान्त्रिक पद्धति माथि प्राहार गरेको घटना लाइ हेर्दा निर्वाचन को नाममा हुने थप आर्थिक भार मुलुक ले थेग्न सक्दैन । सन्दर्भ जोडौ: राप्रपा ले भन्दै आयको राजसंस्था सहितको हिन्दुराष्ट्र को पक्षमा आज देशभरि स्वतस्फूर्त प्रदर्शन भइरहेका छन र स्वयम पनि घोषित रुपमै प्रदर्शन उत्रिएको वर्तमान लाइ अनुकूल रुपमा हेरियको छ। राप्रपा भन्छ ६२,६३ को मार्गचित्र गलत थिय‍ो।यो मार्गचित्र अनुरुप प्राप्त संविधान लाइ यसका निर्माणकार्ता हरुले चिरहरण गरेपछि यो मृतप्राय हुदा राप्रपा को ठम्माइ सहि सावित भयको छ। अव यो संविधान कोमामा गयको छ यसले काम गर्न सक्ने अवस्था छैन।अदालतको बहस र छलफल पछि हुने थप व्याख्या र अपव्याख्या ले यसको मृत्यु निश्चित छ यसर्थ ०७२ को संविधान अगाडि वढन सकेन।

 

अगाडि वढन नसक्ने र निश्क्रिय हुने अवस्था र परिस्थिति श्रृजना भयपछि पछाडि फर्कनु पर्ने वाध्यात्मक अवस्था आउछ।पछाडि फर्कने भनेको २०४७ सालको संविधानमा फर्कने हो। यो संविधानका पनि राम्रो पक्ष लाइ समेटेर जनअधिकार का सवाललाइ संवोधन गर्दै २०४७ को संविधान को जगमा अवको राजनीतिक यात्रा तय गर्नु मुलुकको सर्वोपरि हित हो।कसैलाई निषेध नगरि सवै नेपालीको आत्मसम्मान लाइ उचो राख्ने गरि सवै अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन हुने गरि सर्वपक्षीय भेला मार्फत ४७ को संविधान लाइ पुनस्र्थापन गरौ। कसैको अधिकार वढि भयको भय कटौती गरौ,कसैको कम भय थप गरौ तर राष्ट्रिय सहमति कायम गरेर ४७को संविधान स्थापना गर्न विलम्ब नगरौ। यसर्थ यसको सुक्ष्म अध्ययन गरेर राप्रपाले देशभरि उठिरहेको विद्रोह को नेतृत्व गर्दै सवैपक्ष संग सहमति कायम गरेर ४७ को संविधान स्थापनार्थ नेतृत्वदायि भुमिका निर्वाह गर्नु आवस्यक देखिन्छ। लोकतान्त्र लाइ थप मजवुद वनाउन राजसंस्था सहितको हिन्दु राष्ट्र को स्थापना पछि मात्र निर्वाचन मा जानु नेपाल र नेपाली को हितकर हुने विषय लाइ मनन गर्दै आगामि यात्रा तय गर्नु आवस्यक छ।

 

अाउदा दिन राजनीति को विकास हैन कि विकासको राजनीतिक युगमा देशलाइ प्रवेश गरायर मुलुकको कायापलट हुनेगरि नेतृत्व दाइ भुमिका राप्रपा ले गर्नु पर्नेमा जनमत वढदो छ। अव कहिले लोकतान्त्रको छाता अोढेर जंग वा.जन्मन नसक्ने गरि सवै पक्षको सहमति र मेलमिलाप को राजनीतिक यात्रा तय गरौ।

यो लेखक पाठकको निजि बिचार हो ।