२०७७ चैत्र ३० , सोमवार

नयाँ रि–इन्स्योरेन्स दर्ताको प्रक्रिया शुरु, प्रबन्धपत्र र नियमावलीको मस्यौदा बन्दै

reinsurance

सुनाखरी न्युज/ काठमाडौं ।

अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी दर्ता प्रक्रियातर्फ अघि बढेका छ । देशका ठूला औद्योगिक घराना, बैंक, बीमा कम्पनीहरुको लगानीमा खुल्न लागेको १५ अर्ब जारी पूँजि, १० अर्ब अधिकृत र चुक्ता पुँजि प्रस्ताव गरिएको अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी अबको केही समयपछि कम्पनी रजिष्टारको कार्यालयमा दर्ताको प्रक्रियामा जाने भएको हो ।

नयाँ पुनर्बीमा कम्पनीको लागि नेपालका अधिकांश बीमा कम्पनीहरुले सहमति पत्र पठाएका छन् । नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीका अनुसार नेपालको बीमा क्षेत्रमा नयाँ कम्पनीको आउनु स्वाभाविक प्रक्रिया भएको बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ समेत रहेका क्षेत्रीले खुला बजारमा प्रतिस्पर्धा हुन दिनुपर्ने धारणा व्यक्त गरे । साकार ल फर्मका अनुसार अहिले कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदा बनाउने काम भइरहेको बताए ।

अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी दर्ताको लागि सहजिकरण गर्दै आएको साकार ल फर्मका अनुसार संस्थापक लगानीकर्ताहरुले सात अर्बको प्रतिबद्धता प्राप्त गरिसकेको र अब प्रतिबद्धता बन्द हुने बताए । व्यवसायिक घराना उपेन्द्र महतो, जगदम्बा ग्रुप अन्तर्गतको शाहिल अग्रवाल ग्रुप, विभिन्न बैंक, विकास बैंकहरु, बीमा कम्पनीहरु तथा नेपाल सरकारको समेत लगानीमा नयाँ पुनर्बीमा कम्पनी संस्थापना गर्न लागिएको हो ।

नयाँ कम्पनीको लागि बीमा समितिले भने अनुमति दिइसकेको छैन । अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनीको लागि बीमा समितिको सहमति अनिवार्य हुन्छ ।