२०७८ बैशाख ८ , बुधवार

कोरोना बीमा दावी भुक्तानीको प्रकृया नपुगेका दुई हजारबढि फाईल फिर्ता

Beema

सुनाखरी न्युज/ काठमाडौं ।

कोरोना बीमाको आवश्यक कागजात नपुगेका दुई हजार ५३ वटा फाईल सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ । तीन हजार ५५५ वटा फाईल स्वास्थ्ये सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको छ । पछिल्लो समय कोरोना बीमाको दावी भुक्तानी तीव्र पारिएको छ । कोरोना बीमाको दावी कार्तिक महिनासम्म दावी भुक्तानीमा ठूलो समस्या रहेको कोरोना बीमाको दावी भुक्तानी पछिल्ला दिनहरुमा तीव्र पारिएको हो ।

अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी सात अर्बभन्दा माथि परिसकेको छ । यद्यपि बीमा समितिले बीमा पुलबाट प्राप्त तथ्याङ्कलाई सार्वजनिक गर्दै आएको छ । बीमा समितिले झण्डै तीन अर्ब कोरोना बीमाको दावी परेको तथ्याङ्क मार्फत जनाएको छ ।

कोरोना बीमाको कूल दावी भुक्तानी एक अर्ब ५० करोड नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी भएको छ ।

भुक्तानी भएको रकम मध्ये राष्ट्रिय बीमा कम्पनीमा बीमा गराएका सरकारी कर्मचारीहरुले जम्मा चार करोड रुपैयाँ भुक्तानी भएको छ भने बाँकी निजि कम्पनीहरु रहेका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार कूल १५ हजार ३८१ जनालाई दावी भुक्तानी दिइएको छ । बीमा पुलमा पुगेको कूल २८ हजार २९४ वटा फाईल मध्ये बाँकी फाईलहरु प्रमाणिकरणको प्रक्रियामा रहेको बीम समितिले जनाएको छ ।