२०७७ चैत्र ३१ , मंगलबार

विदेशी विनिमय सञ्चितिमा ७.४ ५ को वृद्धि, यस्तो छ समग्र आर्थिक परिसूचक !

NRB

सुनाखरी न्युज/ काठमाडौं-
नेपाल राष्ट्र बैंकको तथ्याङ्कले कुल विदेशी विनिमय सञ्चितिमा ७.४ को वृद्धि भएको देखाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा १५०६ अर्ब ६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १३३२ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा १ प्रतिशतले कमी आई १७३ अर्ब ९९ करोड कायम भएकोछ । २०७७ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।