२०७८ बैशाख ४ , शनिवार

नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

1

सुनाखरी न्युज/ काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को (प्रचण्ड–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो ।

 

काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिनुभयो । यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने र प्रवक्ता श्रेष्ठले भन्नुभयो । आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ । बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

 

शुक्रबार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको हो । आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको स्थायी कमिटीका एक सदस्यले बताउनुभयो । स्थायी कमिटीलगत्तै उक्त समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

 

नेकपा केन्द्रिय समतिका निर्णयहरू
-१० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
– १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
-१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
-१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
– २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
– काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
– क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।

https://fb.watch/2Acli8Wvk4/