२०७७ चैत्र ३० , सोमवार

एनएमबि बैंक र सेलपे बीच सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौ – एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे सँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

 

सेलपे, सेलकमप्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यम बाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यम बाट भुक्तानी तथा रकम स्थानान्तरण सेवाप्रदानगर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली भित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमावा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।

 

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्रगरिने रेमिट्यान्स पठाउन पाउन,बिमा रकम भुक्तानी, EMI भुक्तानी, तथा शेयर कारोबारको भुक्तानीगर्न सकिने छ । सन्१९९६ मा स्थापना भएको एनएमबि बैंकले १७६ शाखाहरु,९ एक्सटेंशन काउंटर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र १३५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।