२०७८ बैशाख ४ , शनिवार

गोमा लोहनी स्मृति प्रतिष्ठानद्वार छात्रवृत्ति प्रदान

Capture

सुनाखरी न्युज/नुवाकोट – गोमा लोहनी स्मृति प्रतिष्ठानबाट हरेक वर्ष यस कुम्भेश्वर मा वि मा विद्यालयका गरिव, जेहेन्दार तथा सर्वोकृष्ट छात्र छात्रालाई प्रदान गरिदै आएको छात्रवृत्ति यस वर्ष पनि प्रदान गरिएको छ । यस वर्ष छात्रवृत्ति पाउनेहरुमा विद्यालयको सर्वोकृष्ट छात्र छात्रा क्रमशः आदर्श थापा, अनुरति ठकुरी, र आदेश थापालाई प्रदान गरिएको छ ।


विद्यालयका गरिव तथा जेहेन्दार छात्र छात्रा लाई प्रदान गरिने छात्रवृत्ति छात्र प्रेम पौडेल तथा छात्रा स्वता श्रेष्ठलाई प्रदान गरिएको छ । गरिव र जेहेन्दार छात्र छात्रालाई रु पाँच पाँचहजार र विद्यालयका सर्वोकृष्ट तीन विद्यार्थीलाई क्रमस एकहजार, सातसय र पाँच सय रकम प्रदान गरिएको छ ।