२०७७ चैत्र ३० , सोमवार

सभामुखलाई भेटेर जसपा नेताले भने- प्रतिनिधिसभा बैठक बोलाउनुपर्‍यो

1

सुनाखरी न्युज/ काठमाडौ – जनता समाजवादी पार्टीका शीर्ष नेताले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका छन्। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नदिएको उल्लेख गर्दै जसपाका नेताहरूले संसद जीवितै रहेको बताएका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेका थिए। उक्त कदमको नेकपासहित अरू दलहरूले विरोध गरिराखेका छन्। प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पनि रिट परेको छ। प्रधानमन्त्रीका कदम असंवैधानिक भन्दै जसपाले आन्दोलन गरिराखेको छ। जसपाका अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले बिहीबार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर संसद बैठक राख्न माग गरेका हुन्।