२०७७ चैत्र ३० , सोमवार

फेरि उकालो लाग्यो सुनको मूल्य 

सुनाखरी न्युज/ काठमाडौ – सुनको मूल्य नेपाली बजारमा बिहीबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

 

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तोलामा ९४ हजार, तेजावी ९३ हजार ५०० र चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनमा १ हजार २०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार १०० रुपैयाँले बढेको हो ।