२०७७ चैत्र ३१ , मंगलबार

कांग्रेसले के भन्छ भनेर सुनाउने हो : गगन थापा

सुनाखरी न्युज/ काठमाडौ – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध सडकमा उत्रिइहाल्नुपर्ने बताउनुभएको छ । थापाले पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनी गरेको ठहरबाट दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने बैठकमा बताउनुभएको छ ।

 

संसद चुनाव गर्नका लागि विघटन गरिएको होइन, हामीले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्ने होइन, कांग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउने होु, थापाले बैठकमा भन्नुभयो, सडकमा हामी गएनौं भने अर्को कोही जान्छ, सडक कहिल्यै खाली हुँदैन, बैठकमा थापाले भने, असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो खुल्दैनु ।