२०७७ चैत्र ३० , सोमवार

संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक, भएको कांग्रेसको निश्कर्ष

1

सुनाखरी न्युज/ काठमाडौ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पौष ७ गते देखि काठमाडौंमा जारी छ । बैठकले प्रतिनिधि सभा विघटन र मध्याबधी निर्बाचन घोषणा प्रधानमन्त्री के पी शर्मा ओलीको असंबैधानिक, अलोकतान्त्रिक , स्वेच्छाचारी र अधिनायकवादि कदम भएको निश्कर्ष निकालेको छ । पार्टी सभापति शेर बहादुर देउवाको निर्देशन अनुसार बैठकमा बोल्नुहुने सबै केन्द्रीय नेताहरुले बर्तमान राजनीतिक परिस्थिति को रौ चिरा विश्लेषण गर्दै नेपाली कांग्रेसले अबलम्बन गर्नु पर्ने रणनीति र पार्टीको भाबी कार्यक्रमका बारेमा आ आफ्नो धारणा र दृस्टीकोण स्पस्ट रुपमा राखिरहनु भएको छ ।

 

अझैकेही दिन लम्बिन सक्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको पार्टी संगठन लाई ठोस र प्रभावकारी रुपमा गतिशील र चलायमान बनाउदै सडक आन्दोलन , मध्याबधी निर्बाचन र महाधिवेशनका बारेमा कार्यक्रम सहित स्पस्ट धारणा र दृस्ठिकोण ल्याउने छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पौष – ९ गते दिउँसो १:०० बजे देखि पार्टी केन्द्रीय कार्यालय बि पी स्मृति भवन चक्रपथ सानेपा ललितपुरमा बस्दै छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्य किरण गिरीका अनुसार पौष – १६ गते रास्ट्रीय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेसले व्यापक जनसहभागिताका साथ ७७ रै जिल्लामा उल्लेख्य एबं प्रभावकारी रुपमा मनाउने निर्णय गरेको छ ।