२०७७ चैत्र ३० , सोमवार

लागुऔषध ओसारपसारमा संलग्न पक्राउ

Capture

सुनाखरी न्युज/ भरतपुर – भरतपुर महानगरपालिका वडा नं १ रामनगर स्थित नारायणगढ मुग्लिन सडक खण्डमा ग १८ प ५९०० नम्वरको मोटरसाइकल दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका वडा नम्वर २७ बस्ने बर्ष ३१ को सुवास गुरुङलाई उद्धार गरी अस्पताल पठाइएको छ।

 

दुर्घटना स्थल नजिकै सर्च गर्दा हरियो आर्मी कलरको झोलामा लागुऔषध डाईजेपाम ३०० एम्पुल,व्यूप्रिनोफिर्न ३००एम्पुल र फेनारगन ३०० एम्पुल गरि जम्मा ९०० एम्पुल लागुऔषध फेला परेको छ। बरामद भएको सो औषध दुर्घटनामा परेको मोटरसाइकल चालक सुवास गुरुङको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ले लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको छ।