२०७८ बैशाख ८ , बुधवार

चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ४ जना पक्राउ

Capture

सुनाखरी न्युज/मोरङ – चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट यही पौष ०५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा ०६ गते राती ८ बजे बिराटनगर-४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा बिराटनगर-४ का २० बर्षीय बिबेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका-२ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका छन् । निजहरुले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्‍याउँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरीएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।